बार्सिलोनाका नयाँ खेलाडी डेस्टले रचे ला लिगामा यस्तो इतिहास

बार्सिलोनाका १९ वर्षिए सर्जिन्हो डेस्टले ला लिगामा इतिहास रच्न सफल भएका छन् ।

डेस्टले ला लिगामा सुरुवाती ११ मा आफ्नो स्थान बनाउने पहिलो अमेरिकन खेलाडी बनेको हो ।

हिजो गेटाफेबिरुद्धको १-० ले पराजित भएको खेलमा डेस्टले बार्साका लागि फुल डेब्यु गरेका हुन् । उनले अक्टोबर ४ मा घाइते भएका जोर्डी अल्बाको स्थानमा दोस्रो हाफमा प्रवेश गर्दै ला लिगामा खेल्ने पहिलो अमेरिकन खेलाडी बनेका थिए ।

पहिलो रोजाइका जोर्डी अल्बा घाइते भएको कारण डेस्टले खेल्ने मौका पाएको हो।

यसै समरको ट्रान्सफर सिजनमा बार्सिलोनाले डेस्टलाई आयाक्सबाट $२५ मिलियनमा भित्र्याएको हो ।