बार्सिलोनाका गोलकीपर माथि चेल्सीको नजर

बार्सिलोनाका स्टार गोलकीपर टेर स्टेगनमा चेल्सीको नजर रहेको खबर छ।

फ्रयान्क लाम्पार्डले हालका कीपर केपालाई धेरै समय दिएका छैनन्, चेल्सीले २०१८मा उनलाई £७२ मिलियनको रेकर्ड शुल्कमा भित्राएका थिए।

यद्यपि उनीले कुनै निर्णय लिइरहेका छैनन्, तर केपा र लाम्पार्डलेको विवाद कारण केपाले समय नपाए पछि काबालेरोलाई चेल्सीले प्रयोग गर्दै आएको छ तर उनि ३८ वर्षका हुन् सो कारण, चेल्सी नयाँ विकल्पहरूको खोजीमा छन्।

डेली एक्स्प्रेसका अनुसार चेल्सी बार्सिलोनाका टेर स्टेगनलाई साइन गर्न चाहन्छन्, र एजेक्सका आन्द्रे ओनाना र एसी मिलानका युअव जियानलुगी डोन्नरुम्मा पनि चेल्सीको नजरमा छ।

क्याटालान्सको शट स्टापरले क्लब छोड्न सक्ने सम्भावना बारे चर्चा हुँदा चेल्सीले आफ्नो नजर उनि माथि राखेका छन्।