बार्सिलोनाका गोलकिपर टर स्टेगेनले युरोमा भाग नलिने

एजेन्सी, बार्सिलोना तथा जर्मन राष्ट्रिय टोलिका गोलकिपर मार्क आन्द्रे टर स्तेगेनले आफ्नो घुँडाको शल्यक्रिया गर्ने निर्णय गरे सँगै युरोमा भाग लिने मौका गुमाएका छन्।   

रिपोर्टका अनुसार टर स्टेगेनको यहि साता स्विडेनमा गई विशेषज्ञ भेट्ने योजना छ। उनले यहि साता बार्सिलोनाको  एइबार संँग रहेको सिजनको अन्तिम खेलमा भाग लिने मौका पनि गुमाएका छन्। उनी अर्को सिजनका लागि भने पुर्ण रुपमा स्वास्थ हुने अपेक्षा गरिएको छ। 

२९ वर्षका टर स्टेगेनले आफ्नो राष्ट्रिय टोलिका लागि २५ चोटि प्रतिनिधित्व गरिसकेका छन्। उनी जर्मन राष्ट्रिय टोलिका दोश्रो रोजाइका गोलकिपर हुन्। बायन म्युनिखका गोलकिपर मानुएल नोयर पहिलो रोजाइका गोल किपर हुनुका साथसाथै जर्मन राष्ट्रिय टोलिका कप्तान पनि हुन्।