बार्सिलोनाका खेलाडी भित्र्याउन युभेन्ट्सको प्रयास

युभेन्ट्सले बार्सिलोनाका मेम्फिस डिपेलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।

बार्सिलोनाका फरवार्डलाई यसै जनवरीमा अनुबन्ध गर्ने तयारी युभेन्ट्सले गरेको डियारो स्पोर्ट्सले जनाएको छ ।

यद्दपी युभेन्ट्सले औपचारिक रुपमा प्रस्ताव गरेको छैन ।

बार्सिलोना पनि डिपेलाई बेच्न चाहिरहेको छ । डिपेसँग बार्सिलोना खुशी नभएको बताईएको छ ।

डच खेलाडी २०२१ मा लियोनबाट बार्सिलोना आएका थिए ।

उनले बार्सिलोनाका लागि ३० ला लिगामा १३ गोल गरिसकेका छन् ।

२८ वर्षीय खेलाडीले नेदरल्यान्ड्सका लागि ८१ खेलमा ४२ गोल गरिसकेका छन् ।