“बार्सिलोनाका खेलाडीहरू नेमारको पूर्ण आगमनले धेरै खुसि हुने छन्”- जेरार्ड पिके

नेमारको पूर्ण आगमनले “बार्सिलोनाका खेलाडीहरू धेरै खुसि हुने छन् भनेर जेरार्ड पिकेले बताएका छन्। ब्राजिलका स्टार नेमार पिएसजीबाट फेरी बार्सिलोनामा फर्किने क्रममा छन् र उक्त स्थानान्तरण सफल भए बार्सिलोनाका सबै खेलाडी हरु खुसि हुने पिकेको दाबी छ।

“अवश्य हामी उनलाई यो क्लबमा फिर्ता आएको देख्न चाहन्छौं”- जेरार्ड पिकेले ला १ टेलिभिजन संग कुरा गर्दै भने

“तर यो त्यस्तो चीज हो जुन हामी नियन्त्रण गर्न सक्दैनौं, हामी यो कुरा सम्बन्धित निर्णय गर्नेहरूको हातमा छोडिदिन्छौं”

नेमार हाल पिएसजी छोड्ने क्रममा छन् र बार्सिलोना उनलाई फेरी साइन गर्न प्रयास गर्दै छन् र उनको माथि रियलले पनि चासो देखाउंदै आएको छ।