‘बार्सिलोनाका खेलाडीहरू मेस्सीको खेल संग अनुकूल हुनु पर्छ’

२०२०-२१ मा खुला खेलबाट अर्जेन्टिनाका स्टारले अहिले सम्म गोल गर्न नसके पनि बार्साका डच मिडफिल्डर डे जोङ्गले उनि अझै पनि विश्वको सर्वश्रेष्ठ खेलाडी भएको दावी गरे।

६ पटकका बलोन डि’ओर विजेता नयाँ कोच रोनाल्ड कोम्यानको ४-२-३-१ प्रणालीमा पूर्ण रूपले अनुकूल भएका छैनन् र यस सीजनमा छ खेलमा खुला खेलबाट स्कोर गर्न असफल भएका छन्।

“जब तपाइँको टीममा मेस्सी हुन्छ, अवश्य पनि तपाइँको टीममा विश्वको सर्वश्रेष्ठ खेलाडी हुने छ,” डे जोङ्गले यूएफा डटकमलाई भने।

“तपाईले उनको प्रभाव हेर्न उनलाई उत्तम स्थानमा पुग्ने दिनु पर्छ र मलाई लाग्छ हामी उनीसंग अनुकूल हुन आवश्यक छ। जब उनि संग बल हुन्छ उनले राम्रो स्थान प्राप्त गरे उनले भिन्नता ल्याउन सक्छन, उनले सँधै गरेका छन्।”

“मेस्सीको उत्कृष्ट खेलको लागि बार्सिलोनाका अन्य खेलाडीहरू मेस्सीको खेल संग अनुकूल हुनै पर्छ’