बार्सिलोनाका अध्यक्ष बार्टमेउलाई डोरेमोन कार्टुनको पात्र संग तुलना गरेकोमा फ्यान माथि पुलिस रिपोर्ट

बार्सिलोनाका अध्यक्ष बार्टमेले एक फ्यान माथि पुलिस रिपोर्ट हालेको खबर आएको छ र कारण भने उनलाई डोरेमोन कार्टुनको पात्र नोबिता संग तुलना गरेकोमा रहेको छ।

AuronPlay नाम गरेका युट्यूबरले केहि दिन अगि एक भिडियो पोस्ट गरेका थिए उक्त भिडियोमा उनले बार्सिलोनाका अध्यक्ष बार्टमेउले उनि माथि पुलिस रिपोर्ट गरेको खुलाए।

AuronPlay,वास्तविक नाम राउल अल्वारेजले बताए कि नेमारले बार्सिलोना छोडेको बेला उनले नेमार र बार्टमेउलाई लक्षित गरेर केहि ट्वीट गरे र एउटा पोस्टमा उनले बार्टमेउलाई नोबिता भनेर बोलाएको खुलाए र तेस पछि २०१८मा न्यायाधीशबाट सूचना आएको थियो र बार्टमेउले उनि माथि पुलिस रिपोर्ट गरेको उनले जानकारी पाए।

बार्टोमेयूले AuronPlayले बार्सिलोना, खेलाडी (नेमार) र राष्ट्रपति विरूद्ध अप्रिय टिप्पणी गरेको भन्दै अधिकारीहरूलाई रिपोर्ट गरेको खुलेको छ।

नोबितालाई स्कूलमा असफलता पाएको बालकको रूपमा सामान्य चिनिन्छ, त्यो नाम जापानी कार्टुन डोरेमोनको चरित्रबाट उत्पत्ति भएको हो।