बार्सिलोनाले रियल बेटिसबाट फिर्पो भित्र्याउने पक्का, आज मेडिकल हुदै

स्पेनिस पत्रीका मुन्डो डेपोर्टिभोका अनुसार बार्सिलोना र रियल बेटिस बिच जुनियर फिर्पोको सम्झौता भएको र आज मेडिकल हुन सक्ने बताएका छन् ।

बार्सिलोनाले रियल बेटिसलाइ सुरुवाती €१८ मिलियन दिने र अर्को थप €७ मिलियन पछि दिने छन् । लेफ्ट ब्याक फिर्पोले आज आफ्ना बेटिसका टिममेट्सहरुलाइ बिदाइ गरेको अरएसीले बताएका छन् ।

बार्सिलोनाका प्रशिक्षक भाल्भर्डेले जोर्डी अल्बाको कभरको लागि नयाँ लेफ्ट ब्याक भित्र्याउने कुरा पहिले नै स्पस्ट पारेका थिए, र उनले आफ्नो प्राथमिक टार्गेट भित्र्याउने लगभग पक्का देखिन्छ ।