‘बार्सा र बायर्न म्युनिखका स्टार डिफेन्डर बीच सम्झौता भएको कुरा सत्य होइन’

हालै बायर्न म्युनिखका स्टार डिफेन्डर डेविड अलबा र बार्सिलोना बिच मौखिक सम्झौता भएको धेरै चर्चा भएको थियो तर डेविड अलबाका एजेन्टले सो कुरा सत्य नरहेको बताएका छन्।

बायर्न सँग डेविड अलबाको सम्झौता अन्त्य हुँदै छ र अर्को सिजन उनी फ्री एजेन्टको रूपमा नयाँ क्लबमा जान सक्ने छन्।

डेविड अलबाको रियल म्याड्रिडको मुख्य लक्ष्य रहेका छन् भने बार्साका नयाँ क्लब अध्यक्ष जोआन लापर्टाले डेविड अलबाका एजेन्ट पिनी जहावी सँग वार्ता गरेको खबर थियो। सो पछि इन्टरनेटमा बार्सा र बायर्न म्युनिखका स्टार डिफेन्डर बिच सम्झौता भएको धेरै चर्चा भयो तर डेविड अलबाका एजेन्ट पिनी जहावीले गोल डट कम सँग कुरा गर्दै सो कुरा सत्य नरहेको बताए।

डेविड अलबाको बार्सा वा अन्य कुनै पनि क्लब सँग सम्झौता नभएको उनले बताए भने हाल बार्साको बारे भाइरल हुँदै गरेको चर्चाको बारे उनले बोल्दै सो कुरा इन्कार गरे र सत्य नरहेको दाबी गरे।