“बार्सा बिरुद्ध हामी जित्न सक्थ्यौं”

सेल्टा भिगोका स्ट्राइकर इयागो आसपास बार्सिलोनाको बिरुद्ध २-२ को बराबरीमा आफ्नो गोलसँग खुशी छन्।

सेल्टाकासेल्टा कप्तानले आफ्नो फ्री किकको मदतले खेल बराबरी गरेका थिए।

“मलाई थाहा थियो म कहाँ हान्ने छु भनेर,” आसपासले खेल पछि फ्रीकिकको बारेमा भने।

“हामी गोलकीपिंग कोचहरूको साथ बिभिन्न भिडियोहरू हेर्दछौं।

“मलाई थाहा थियो कि उनीहरू उफ्रिने छन् र मैले [बल] उनीहरूको मुनि गएको देखे।”

टेर स्टेगेनले नोलिटोको प्रहर सेभ गरेर सेल्टालाई जित्नबाट रोके।

“बार्सिलोनासंग हाम्रो मैदानमा ३ अंक लिन पाए राम्रो हुन्थ्यो, हामी सबैले त्यो खेलको सुरुमा सोचे थियौं तर [नोलिटोकाको] अन्तिम मौका हेर्दा र हाम्रो अन्तिम केहि मिनेटहरू देख्दा मलाई लाग्छ बार्सा बिरुद्ध हामी जित्न सक्थ्यौं।” “