“बार्सा बाहेक अरु क्लबमा जाँदिन”

लाउतारो मार्टिनेजले इन्टर मिलानलाई आफुलाई बार्सिलोनामा बेच्न आग्रह गरेका छन्।

अर्जेन्टिनाका स्टार स्ट्राइकर बार्साको लागि प्राथमिक लक्ष्य हो, यद्यपि म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र पीएसजीले पनि उनि माथि रूचि राखेको छ।

यद्यपि मुन्डो डिपोर्टिभोका अनुसार लाउतारो मार्टिनेजले इन्टरका निर्देशकहरूलाई केवल बार्सामा जाने आफ्नो इच्छा रहेको उनले बताएका छन्।

“बार्सा बाहेक अरु क्लबमा जाँदिन” उनले बताएको खबर छ।

बार्साले उनको लागि ६० मिलियन र दुई खेलाडीहरूको प्रस्ताव राख्ने खबर छ, कुन खेलाडी प्रस्तावमा हुने बारे इन्टर संग छलफल जारी रहेको छ।