बार्सा फर्किने नेमारको चाहना

पिएसजीका ब्राजिलियन सुपरस्टार नेमार भविष्य क्लबमा अनिश्चित रहेको बेला उनलाई साइन गर्न धेरै क्लबहरूको प्रयास रहेको बेला नेमारको चाहना आफ्नो पूर्व क्लब बार्सिलोना फर्किने रहेको रिपोर्ट छ भने बार्सा फर्किन उनी आफ्नो तलब पनि घटाउन तयार रहेको जानकारी छ।

२०१७मा ट्रान्सफर रेकर्ड तोड्दै नेमार ला लिगा क्लब बार्सिलोनाबाट पिएसजी आएका थिए भने हाल पिएसजी उनलाई बेच्न तयार रहेको बेला धेरै क्लबको नजर उनी माथि रहेको छ तर उनको चाहना बार्सा फर्किने रहेको रिपोर्ट छ।

बार्साले पनि नेमारको क्लब पिएसजी सँग सम्पर्क गरेको रिपोर्ट छ तर हाल सम्म उनको लागि बार्साले कुनै प्रस्ताव भने पठाएको छैन। बार्सा धेरै समय देखि गाह्रो आर्थिक अवस्थामा रहेको छ जसको कारण उनलाई साइन गर्न बार्साले कठिनाइहरूको सामना गर्ने निश्चित रहेको छ।

पिएसजीको लागि उनले हाल सम्म १७३ खेलेका छन् र सो क्रममा उनले ११८ गोल र ७७ असिस्ट गर्दै ५ फ्रेन्च लिग र ३ फ्रेन्च कप सहित धेरै घरेलु उपाधिहरू जितेका छन्।

उनलाई बेच्न पनि पिएसजी तयार रहेको बेला चेल्सी सहित न्यूकासल युनाइटेड र म्यानचेस्टर युनाइटेड सँग पनि उनको नाम जोडिएको छ भने साउदी अरेबियाको क्लबहरूले पनि उनलाई साइन गर्ने प्रयास गर्दै आएको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ