बार्सा आफ्नो स्टार खेलाडी सँग आक्रोशित

ला लिगा क्लब बार्सिलोना आफ्नो स्टार खेलाडी डेम्बेले सँग धेरै आक्रोशित रहेको खबर छ। फ्रेन्च स्टार उसमान डेम्बेले बार्सा सँग सम्झौता विस्तार गर्न अस्वीकार गर्दै आएका छन् र हाल खबर अनुसार बार्सिलोनाका अध्यक्ष लापोर्ता नयाँ डेम्बेले सँग धेरै आक्रोशित रहेका छन्।

डेम्बेले २०२२को जुनमा फ्री एजेन्ट हुने छन् र उनलाई फ्रीमा गुमाउनु बार्साको लागि ठुलो घाटा हुने छ भने डेम्बेले सँगको सम्झौता विस्तार उनको ठुलो तलब मागको कारण असफल हुँदै आएको छ।

खबर अनुसार डेम्बेले सँग बार्सिलोना धेरै आक्रोशित रहेको छ र उनलाई सिजन भरि बेन्चमा राख्ने लापोर्ताको चेतावनी रहेको छ। लापोर्टा र बार्साका खेलकुद निर्देशक माटेउ अलेमानीले बाँकी अभियानका लागि फ्रेन्च विंगरलाई नखेलाउने ’bout जाभीसँग कुरा गर्ने खबर छ र जनवरीको ट्रान्सफर विन्डोमा नै उनलाई बेच्ने प्रयास गर्ने बार्साको योजना हुने खबर छ।

डेम्बेलेले सम्झौता विस्तारको लागि ३० मिलियन युरो प्रति वर्षको माग गरेको खबर छ जुन तिर्न बार्सा अनिच्छुक रहे पछि हाल दुई बिच वार्ता असफल हुँदै आएको छ।