बार्सा अझै पनि दुई डच स्टार साइन गर्न इच्छुक

बार्सिलोना अझै पनि आफ्नो दुई ट्रान्सफर टार्गेटको सम्पर्कमा रहेको खबर छ। लिभरपुलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डम र लियोनका मेम्फिस डिपे धेरै समय देखि बार्साको योजनामा रहे पनि दुईलाई साइन गर्न सफल हुन सकेको छैन।

हाल खबर अनुसार बार्सा अझै पनि दुई डच स्टार साइन गर्न इच्छुक छ। दुवै खेलाडीको आफ्नो क्लब सँगको सम्झौता अन्त्य हुने क्रममा रहेको छ र बार्साको योजना उक्त खेलाडीहरूलाई फ्री एजेन्टको रूपमा साइन गर्ने रहेको छ।

खबर अनुसार क्लबका कोच रोनाल्ड कोम्यान दुई खेलाडीलाई साइन गर्न धेरै इच्छुक छन् र उनी सँग अधिकार भएको भए दुई सँग सम्झौता गर्न तयार हुने थिए।

यद्यपि बार्साका नयाँ अध्यक्ष जोन लापोर्टाले क्लबको ग्रीष्मकालीन बजारका लक्ष्यहरू स्पष्ट गरेका छैनन् र आउँदो समयमा उनले सो दुई खेलाडी साइन गर्ने वा नगर्ने निर्णय लिने जानकारी छ।

लापोर्टालेका व्यवस्थापन टोली गठनको काम पुरा नभए सम्म केही पनि निर्णय नहुने जानकारी छ र कोम्यान दुई डच स्टारको ठुलो प्रशंसक हुन्।