बार्साले बेच्यो आफ्नो ब्राजिलियन डिफेन्डर

ला लिगा क्लब बार्सिलोनाले आफ्नो ब्राजिलियन राइट ब्याक इमर्सन रोयललाई बेचेको छ। बार्साले आफ्नो २२ वर्षका राइट ब्याक इमर्सन रोयललाई प्रिमियर लिग क्लब टोटेनह्यामलाई €३० मिलियनमा बेचेको छ।

बार्साले उनलाई २०२१को जुनमा रियल बेटिसबाट साइन गरेको थियो भने उनलाई यो ट्रान्सफर विन्डोमा उनलाई बेच्न बार्साले चासो देखाएको थियो भने हाल खबर अनुसार बार्साले उनलाई बेचेको छ। खबर अनुसार स्पर्स र इमर्सन बिच २०२६ सम्मको सम्झौता भएको छ भने बार्साले उक्त ट्रान्सफरबाट आएको रकमबाट ९ मिलियन रियल बेटिसलाई दिन पर्ने हुने छ।

प्रिमियर लिग क्लब आर्सनल पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर थियो तर टोटेनह्याम उनलाई साइन गर्न सफल भएको छ।

इमर्सन रोयलले बार्सामा धेरै समय पाएका थिएनन् भने उनी क्लब छोड्न इच्छुक थिए भने बार्सा पनि उनलाई बेच्ने मानसिकतामा रहेको थियो।

ब्राजिलियन राइट ब्याक इमर्सनले आफ्नो राष्ट्रिय टिमको लागि ४ खेल खेलेका छन् भने उनले ब्राजिलको यु२० र यु२३मा पनि खेलेका छन्। बार्साको लागि भने उनले हाल सम्म ३ खेल मात्र खेलेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ