स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर तथा लेजेन्ड जेरार्ड पिकेले फुटबलबाट संन्यासको घोषणा गरेका छन् भने उनले क्लब सँग लिन बाँकी रहेको ठुलो रकम पनि नलिने भएको छ।
(🌕) Pique has renounced (given up) the terms he was owed until the remainder of his contract. @ellarguero #FCB 💰🛑
— Reshad Rahman ✆ (@ReshadRahman_) November 3, 2022
३५ वर्षका डिफेन्डर र बार्सा बिच २०२५ सम्मको सम्झौता सक्रिय रहेको छ र उनको सम्झौता अन्तिम २ वर्षको तलब पनि उनलाई बार्साले तिर्नु पर्ने हुने छ र उक्त रकम €३० मिलियन सम्मको हुने जानकारी रहेको छ तर रिपोर्ट अनुसार पिकेले बार्सा सँग उक्त रकम नलिने निर्णय लिएका छन्।
पिके क्लबको शीर्ष कमाउनेहरू मध्ये एक थिए र २०२१मा बार्सा नयाँ खेलाडीहरू दर्ता गर्न संघर्ष गर्दा बार्सालाई मद्दत गर्नको लागि महत्त्वपूर्ण तलब कटौती पनि उनले स्वीकार गरेका थिए।
बार्सा हाल कठिन आर्थिक अवस्थामा रहेको छ भने बार्सा सँग उक्त ठुलो रकम नलिँदै उनी बार्सालाई यो अवस्थामा मद्दत गर्न तयार रहेका छन्।
३५ वर्षीय डिफेन्डरले सामाजिक सञ्जालमा एक भिडियो सन्देश पोस्ट गर्दै संन्यासको घोषणा गरेका हुन् । पिकेले आफ्नो खेल जीवनको अन्तिम खेल शनिवार क्याम्प नाउमा खेल्ने बताएका छन् ।
Piqué renunciará a unos 30 millones de euros.
Laporta no ha sabido hasta justo antes de publicarse el vídeo que Piqué iba a anunciar hoy que se marcha. Los directivos del Barça tampoco sabían nada.
👉 Más en @ellarguero @h25deportes y La Graderia de @BalcoSERCAT
— Sique RodríguezGairí (@SiqueRodriguez) November 3, 2022
बार्सिलोनाले शनिवार राति ला लिगामा अल्मेरियासँग खेल्दै छ । स्पेनिस डिफेन्डर पिके २००८ मा म्यानचेस्टर युनाईटेडबाट बार्सिलोना आएका थिए ।
पिकेले बार्सिलोनाका लागि ६०० भन्दा बढी खेल खेलेका छन् । जसमा ८ ला लिगा उपाधि, ३ च्याम्पियन्स लिग र ७ कोपा डेल रे उपाधि सहित ३० ट्रफी जितेका छन्।
स्पेनका लागि १०२ क्याप जितेर पिकेले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।