बार्साले जाभीको प्रतिस्थापनको रुपमा यो कोच भित्राउन सक्ने

ला लिगा क्लब बार्सिलोनाले आर्सनलका कोच मिकेल अर्टेटामा माथि आफ्नो निगरानी राख्दै गरेको जानकारी छ र भविष्यमा ४०-वर्षीय कोचलाई क्लबमा भित्राउन बार्साले प्रयास गर्न सक्ने रिपोर्ट रहेको छ।

आर्सनलले अर्टेटाको नेतृत्वमा यो सिजनको उत्कृष्ट सुरुवात गरेको छ, आफ्नो सुरुवाती १२ लिग खेलहरू मध्ये १० जितेर लिगको शीर्षमा रहेको आर्सनल डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी भन्दा दुई अंकले अगाडी रहेको।

बार्सिलोना अर्टेटा अन्तर्गत आर्सनलको खेल शैली र अनुशासनबाट प्रभावित भएको र खबर अनुसार उनलाई नाउ क्याम्पमा सम्भावित भावी प्रबन्धकको रूपमा बार्साले हेर्दै गरेको छ भने उनले जाभीलाई प्रतिस्थापन गर्न सक्ने पनि चर्चा रहेको छ।

हालको प्रशिक्षक जाभीको नेतृत्वमा बार्सिलोनाले लिगमा राम्रो गरेको छ तर ला लिगामा प्रतिद्वन्द्वी रियल म्याड्रिड भन्दा मात्र एक अंकले मात्र बार्सा पछाडि रहेको छ तर च्याम्पियन्स लिगबाट बार्सा ग्रुप स्टेजबाटै बाहिरिए पछि जाभी माथि धेरै दबाब बढेको छ।

जाभीले आफू सकारात्मक नतिजा ल्याउन दबाबमा रहेको स्वीकार गर्दै आफू बर्खास्त हुन सक्ने कुरा स्वीकार गरेका छन्, तर बार्सिलोनाले जाभीलाई चाँडै बर्खास्त गर्ने इरादा नराखेको र आउँदो धेरै वर्ष सम्म जाभीनै क्लबको कोच हुने दाबी गर्दै आएको छ।