बार्साले आफ्नो ३ स्टार खेलाडीहरू बेच्ने

हाल ला लिगा क्लब बार्सिलोनाको आर्थिक र फुटबल स्थिति धेरै खराब रहेको छ। बायर्न म्युनिख सँग च्याम्पियन्स लिगको ग्रुप स्टेजको अन्तिम खेलमा हारको सामना गरे पछि बार्सा युरोपा लिगमा झरेको छ भने क्लबको स्थिति सुधार गर्न जाभीलाई धेरै गाह्रो हुने देखा परेको छ।

च्याम्पियन्स लिगबाट युरोपा लिगमा झरे पछि बार्साको राजस्व पनि निकै धेरै घट्ने छ र क्लबको स्थिति सुधार गर्न जनवरीको ट्रान्सफर विन्डो बार्साको लागि राम्रो मौका हुन सक्ने छ र खबर अनुसार बार्साले आफ्नो ३ खेलाडीहरू बेच्ने योजना बनाएको छ।

खबर अनुसार आउँदो ट्रान्सफर विन्डोमा बार्साले मार्क आन्द्रे टेर-स्टेगेन, फ्रेन्की डी जोङ्ग र सर्जिनो डेस्टलाई बेच्ने योजना बनाएको छ। बार्सिलोनाले नयाँ खेलाडीहरू साइन गर्ने योजना बनाए पनि आर्थिक समस्याको कारण बार्साले आफ्नो खेलाडीहरू बेच्न पर्ने हुने छ भने युरोपा लिगबाट हुने कमाई च्याम्पियन्स लिग भन्दा धेरै कम हुने कुरा स्पष्ट रहेको छ।

समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले बार्यन म्युनिक सँगको हार पछि युरोपा लिगमा घटुवा भएको हो र धेरै समस्यामा रहेको बार्साको लागि यो फेरी थप नयाँ समस्या हुने छ भने यो समस्यालाई समाधान गर्न बार्साका कोच जाभीको लागि ठुलो चुनौती हुने छ।