बार्साले आफ्नो स्टार मिडफिल्डरलाई फेरी लोनमा पठाउन सक्ने

बार्सिलोनाका स्टार मिडफिल्डर फिलिप काउटिन्हो फेरी लोनमा जान सक्ने खबर छ। बार्साले उनलाई लिभरपुलबाट साइन गरेको थियो तर बार्सामा उनको खेल सोचेको जस्तो हुन सकेको छैन भने उनले धेरै खेल समय पनि पाएका छैनन्।

गत सिजन उनी जर्मन क्लब बायर्न म्युनिखमा लोनमा थिए भने यो सिजन उनी बार्सा फर्के पनि उनलाई क्लबले बेच्ने योजना बनाएको छ। उनलाई बार्साले £१४२ मिलियनमा साइन गरेको थियो। उनले बार्सामा चोट सँग पनि सङ्घर्ष गरे भने हाल उनलाई बेच्न बार्सा आतुर रहेको छ।

खबर अनुसार प्रिमियर लिग क्लब टोटनह्याम उनलाई लोनमा साइन गर्न इच्छुक छन्। उनलाई किन्न क्लब बार्साले खोज्न असफल हुँदा उनलाई फेरी लोनमा भए पनि अन्य क्लबमा पठाउन बार्सा खुल्ला हुने जानकारी छ।

बार्सा सँग उनले १०० खेल पुरा गरे बार्साले लिभरपूललाई थप रकम दिन पर्ने सम्झौता रहेको छ र त्यो कुराबाट बार्सा टाढा हुन चाहन्छ।