बार्साले आफ्नो स्टार खेलाडी बेच्न सक्ने

बार्सिलोनाले जनवरीको ट्रान्सफर विन्डोमा आफ्नो स्टार डच खेलाडी फ्रेन्की डी जोङ्गलाई £७५ मिलियनमा बेच्न तयार हुने खबर छ।

नेदरल्यान्ड्सका स्टार खेलाडी आफ्नो आगमन देखि क्याटालान क्लबको लागी एक प्रमुख खेलाडीको रुपमा रहेका छन्, सबै प्रतियोगिताहरू मा बार्साको लागि उनले १०६ खेल खेलेका छन्, ९ गोल र १४ असिस्ट प्रधान गरेका छन्।

हाल खबर अनुसार बार्सा उनलाई बेच्न तयार हुन सक्ने छ। रिपोर्ट अनुसार म्यानचेस्टर सिटीका स्टार खेलाडी रहीम स्टर्लिंगलाई साइन बार्सिलोना इच्छुक रहेको छ तर उनलाई साइन गर्न बार्साले आफ्नो केही खेलाडीहरू बेच्न पर्ने हुने छ र फ्रेन्की डी जोङ्गलाई बेच्न बार्सा तयार हुने छ।

बार्सा उनलाई £७५ मिलियनको क्षेत्रमा बेच्न तयार हुने जानकारी छ भने डी जोङ्गलाई साइन गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इच्छुक रहेको खबर छ।

सिटीका कोच पेप गार्डियोला फ्रेन्की डी जोङ्गको ठुलो फ्यान रहेका छन् भने उनी बार्सा जानु अघि सिटीले पनि उनलाई साइन गर्न प्रयास गरेको थियो।