बार्साले आफ्नो युवा स्टारको मूल्य राख्यो €१ बिलियन

बार्सिलोनाले आफ्नो युवा स्टार अंशु फाती सँग सम्झौता विस्तार गरेको छ भने उनको रिलिज क्लज बार्साले €१ बिलियन सेट गरेको छ। बार्सिलोना र फाती बिचको नयाँ सम्झौता २०२७ सम्म रहेको जानकारी छ भने उनलाई अन्य क्लबबाट टाढा राख्न बार्साले उनको रिलिज क्लज €१ बिलियन राखेको छ।

रिलिज क्लज खेलाडीको सम्झौतामा हुने एक सर्त हो र उक्त सर्तमा  सहमत भएको मूल्य कुनै क्लबले तिर्न सके खेलाडीलाई क्लब छोड्नबाट कसैले रोक्न सक्दैन। सबै खेलाडीहरूको रिलिज क्लज मूल्य हुन्छ र उक्त रिलिज क्लजले खेलाडीलाई क्लब सँग सम्झौता बाँकी रहेको बेला पनि क्लब छोड्ने अनुमति दिन्छ।

बार्साको नयाँ नम्बर १०को रुपमा रहेका फाती क्लबको भविष्य हुने धेरैको विश्वास रहेको बेला युरोपको अन्य क्लबहरू उनलाई साइन गर्न इच्छुक रहेको चर्चा थियो र आफ्नो स्टार खेलाडी गुमाउने जोखिमलाई कम गर्न बार्साले उनी सँगको नयाँ सम्झौतामा रिलिज क्लज €१ बिलियन राखेको छ।

बार्साको चिर प्रतिद्वन्द्वीले पनि आफ्नो स्टार खेलाडी बेन्जेमालाई अन्य क्लबबाट टाढा राख्न बेन्जेमाको रिलिज क्लज रियलले €१ बिलियन सेट गरेको थियो।