बार्सालाई मद्दत गर्न एक खेलाडीले मात्र तलब कटौती स्वीकार गरे 

हाल ला लिगा क्लब बार्सिलोना धेरै जटिल आर्थिक समस्यामा रहेको जसको कारण क्लबले आफ्नो सुपरस्टार मेस्सी गुमाउनु परेको थियो।

क्लबमा ठुलो तलब खर्चको कारण क्लब आफ्नो नयाँ खेलाडीहरूलाई दर्ता गर्न असफल हुँदै आएको थियो र सो कारण बार्सा मेस्सीलाई पनि फेरी साइन गर्न असफल रह्यो भने हाल खबर अनुसार बार्साको मद्दत गर्न एक खेलाडीले मात्र आफ्नो तलब कटौती गरेका छन् र उक्त खेलाडी जेरार्ड पिके रहेका छन्।

हालै बार्सिलोले मेम्फिस डिपे, एरिक गार्सिया र रे मनाजलाई दर्ता गर्न सक्षम भएको जानकारी थियो र उक्त कुरा सफल गर्न जेरार्ड पिकेले ठुलो तलब कटौती स्वीकार गरेको खबर छ।

मेस्सीलाई क्लबमै राख्न प्रयास गर्न पनि आफ्नो तलब कटौती गर्न उनी तयार थिए भने हाल नयाँ खेलाडीहरूलाई दर्ता गर्न बार्सालाई मद्दत गर्न पिकेले ठुलो तलब कटौती लिएका छन् र हाल अन्य खेलाडीहरू भन्दा उनको तलब निकै कम भएको जानकारी छ।

जटिल आर्थिक समस्या रहेको बार्साको ठुलो तलब खर्चले झन् बार्सालाई गाह्रो गरेको छ तर हाल धेरै खेलाडीले तलब कटौती स्वीकार नगरेको खबर छ र भने स्टार डिफेन्डर पिके क्लबलाई मद्दत गर्न सबै गर्न तयार रहेका छन्।