बार्सालाई पछि पार्दै स्टार डिफेन्डर साइन गर्न लिभरपूल तयार

म्यानचेस्टर सिटीका स्टार डिफेन्डर एरिक गार्सिया साइन गर्ने दौडमा लिभरपूल पनि सामेल हुने खबर छ। स्टार डिफेन्डर धेरै समय देखि बार्सिलोनाका मुख लक्ष्य रहे पनि क्लबको आर्थिक अवस्थाको कारण बार्सा असफल हुदै आएको थियो भने बार्सा र सिटी बीच कुरा पनि मिलेको थिएन।

बार्सा अझै गार्सियालाई साइन गर्न इच्छुक रहे पनि असफल हुने देखा परेको बेला लिभरपूल पनि सो दौडमा सामेल हुने कुरा छ। खबर अनुसार बार्सालाई पछि पार्दै स्टार डिफेन्डर साइन गर्न लिभरपूल तयार रहेको छ। भ्यान डाइकको चोटको कारण रेड्स नयाँ डिफेन्डरको खोजीमा छन्।

गार्सिया पनि बार्सामा जान इच्छुक रहेका छन् र बार्सा उनको पुर्व क्लब रहेको छ। आर्सनल पनि उनलाई साइन गर्न इच्छुक रहे पनि लिभरपूल र बार्सा मुख्य दाबेदार हुने खबर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ