बार्सालाई पछि पार्दै स्टार स्ट्राइकर साइन गर्ने दाउमा पिएसजी

बार्सिलोना आउँदो ट्रान्सफर विन्डोमा नयाँ स्ट्राइकरको खोजीमा हुने छ र बार्साको नजर धेरै समय देखि लियोनका स्टार डच स्ट्राइकर डिपेमा रहेको छ र खबर अनुसार आउँदो विन्डोमा उनलाई साइन गर्न बार्साले फेरी प्रयास गर्ने छ।

डिपे फ्री एजेन्ट हुने क्रममा रहेको छ भने उनी माथि अन्य क्लबको पनि नजर रहेको छ। रोनाल्ड कोम्यानको कारण डिपेले बार्सा छनोट गर्न सक्ने धेरै चर्चा भए पनि फ्रेन्च क्लब पिएसजी पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ।

पिएसजी पनि नयाँ स्ट्राइकरको खोजीमा रहेको छ लियोनका डिपे र स्पर्सका ह्यारी केन मध्ये एक पिएसजीले साइन गर्ने धेरै चर्चा रहेको बेला हाल खबर अनुसार डिपे साइन गर्न पेरिसले बार्सा सँग प्रतिस्पर्धा गर्ने।

बार्सालाई पछि पार्दै उक्त स्टार स्ट्राइकर साइन गर्ने पिएसजीको योजना रहेको खबर छ।

दुवै क्लब धेरै समय देखि डिपे साइन गर्ने दौडमा छन्। बार्सा यो सिजन सुरु हुने अगाडी उक्त स्टार साइन गर्न धेरै नजिक पुगे पनि सो ट्रान्सफर सफल हुन सकेन।