बार्सालाई पछि पार्दै स्टार अर्जेन्टाइन स्ट्राइकर साइन गर्ने होडमा म्यानचेस्टर सिटी

म्यान्चेस्टर सिटीले इन्टर मिलानका स्टार लौटारो मार्टिनेजलाई साइन गर्न इच्छुक छन्।

खबर अनुसार सिटी विश्वस्त छन् कि मार्टिनेजले इन्टर संग सम्झौता विस्तारलाई अस्वीकार गर्दै सिटी आउने छन् र उनलाई साइन गर्न बार्सिलोनालाई पनि पछि पार्ने सिटीको विश्वास छ।

सर्जियो अगुएरो र सिटी बीच नयाँ सम्झौता हुन सकेको छैन। धेरै समय देखि अगुएरो सिटीका मुख्य स्ट्राइकर रहेका छन् र स्टार संग सिटीको सम्झौता अन्त्य हुने क्रममा रहे पछि सिटी उनको विकल्पको खोजीमा छन्।

सिटी र इन्टरका प्रतिनिधिहरु बीच कुरा भएको पनि खबर छ भने सिटीले अर्जेन्टाइन स्ट्राइकरलाई आफ्नो मुख्य लक्ष्य बनाएको कुरा छ।

बार्सिलोना पनि धेरै समय देखि इन्टर मिलानका स्टार लौटारो मार्टिनेजलाई साइन गर्ने इच्छुक रहेका छन् तर बार्सा र इन्टर बीच कुरा मिल्न सकेको छैन।

बार्सालाई पछि पार्दै स्टार अर्जेन्टाइन स्ट्राइकर साइन गर्ने म्यानचेस्टर सिटीको योजना रहेको खबर छ।