बार्सालाई पछि पार्दै रियलले भित्र्यायो प्रतिभासाली युवा खेलाडी

रियल म्याड्रिडले प्रतिभावान स्पेनिस युवा डिफेन्डर राफायल ओब्राडोरलाई अनुबन्ध गर्न सफल भएको छ ।

रियल म्याड्रिडले १६ वर्षीय लेफ्ट ब्याक ओब्राडोरलाई स्पेनिस क्लब रियल मालोर्काबाट अुनबन्ध गर्न सफल भएको हो । मालोर्का अघिल्लो सिजन मात्रै दोस्रो श्रेणीमा घटुवा भएको थियो । रियलले ओब्राडोर अनुबन्ध गर्न लामो समयदेखिको प्रयासमा सफलता हात पारेको हो ।

प्रशिक्षक जिनेदिन जिदानले स्पेनको यु–१५ र यु–१६ टोलीबाट खेलिसका युवा स्टार ओब्राडोर अनुबन्धमा बाजी मारे । २००४ मा जन्मिएका ओब्राडोर ४ वर्षको उमेरमा सिई क्याम्पोसको युथ एकेडेमीमा भर्ना भएका थिए । उनी २०१४ मा मालोर्का आएका थिए ।

गत सिजन ओसासुनाविरुद्धको खेलमा मैदान उत्रदै ओब्राडोरले स्पेनिस ला लिगामा डेब्यु गरिसकेका छन् । उनले गत अक्टोबरमै मालोर्कासँग २०२४ सम्मको लागि पहिलो व्यवसायिक सम्झौता गरेका थिए ।

रियलमा आबद्ध भएका उनी अब रियलको युथ टोलीमा सामेल हुनेछन् । क्षमता विस्तार गर्दै उनले छिट्टै नै रियलको पहिलो रोजाईमा स्थान बनाउन सक्ने सम्भावना छ ।