“बार्सामै बसेर मलाई गलत साबित गर्ने विकल्प सुआरेज संग थियो”

लुइस सुआरेजले बार्सिलोना छोडे पछि लियोनेल मेस्सीको प्रतिक्रिया “अर्थपूर्ण” रहेको रोनाल्ड कोम्यानले बताए तर उनले जोड दिए कि क्लब छोड्ने निर्णय सुआरेजको थियो।

बार्सामा हाल धेरै अनिश्चितताहरु चल्दै गरेको छ र क्लबका बोर्ड संग फ्यान र खेलाडीहरु खुसी छैनन् भने नयाँ कोच कोम्यान प्रति पनि धेरैको विश्वास नरहेको देख्न सकिन्छ। केहि बार्सा खेलाडी बेच्ने उनको निर्णयबाट फ्यानसहित मेस्सी पनि खुसी छैनन् र सुआरेजको प्रस्थानबाट मेस्सी निकै क्रोधित रहेको स्पष्ट थियो।

कोम्यानले भने क्लब छोड्ने निर्णय सुआरेजकै रहेको भनेर बताएका छन्।

“अन्तमा उनले क्लब छोड्ने निर्णय गरे र मैले उनलाई भनेको थिए कि यदि उनले क्लब छोडेनन् भने उनि हाम्रो समूहको एक हुने छन् र उनले मलाई गलत साबित गर्न सक्ने छन्। कोम्यानले बताए ।

“हो, उहाँ बस्न सक्नुहुन्थ्यो”

सुआरेजविनाको टिमको योजनाको निर्णयको व्याख्या गर्दै कोम्यानले नयाँ युग सुरु गर्ने र युवा खेलाडीहरूलाई बढी अवसर दिने इच्छाबारे बोले।

“मेरो र लुइस बीच सबै राम्रो छ, तर क्लबले महसुस गर्‍यो कि हामीले नयाँ जीवन पाउनु पर्छ,” उनले थपे। “तपाईं अब यो टोलीमा देख्न सक्नुहुन्छ।