बार्सामा स्टार डच मिडफिल्डर भित्राउने कोम्यानको योजना असफल

लिभरपुलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डमलाई साइन गर्ने बार्सिलोनाका कोच रोनाल्ड कोम्यानको योजना असफल हुने भएको छ।

सिजनको अन्त्यमा उनी क्लब छोड्ने कुरा थियो र उनको गन्तव्य बार्सिलोना हुने चर्चा थियो।

मिडफिल्डको सम्झौता क्लब सँग अन्त्य हुने क्रममा रहेको थियो र दुई बिच सम्झौता विस्तारको वार्ता सफल हुन नसक्दा सिजनको अन्त्यमा उनले क्लब छोड्ने खबर छ र उनी आफ्नो मन पर्ने क्लब बार्सा जान तयार रहेको खबर थियो तर हाल बार्साले उनलाई साइन नगर्ने कुरा छ भने विज्नाल्डमले लिभरपुल सँग नयाँ सम्झौतामा प्राथमिकता दिने जानकी छ।

डच मिडफिल्डर साइन गर्न कोम्यान पनि धेरै इच्छुक रहेका थिए भने तर हाल सो योजना सफल नहुने देखा परेको छ। लिभरपुलको साथ उनको सम्झौता अन्त्य भए पछि विज्नाल्डम फ्री एजेन्टको रूपमा बार्सा जान सक्ने थिए तर अब उनले लिभरपुलको नयाँ सम्झौताको कुरा सुन्ने खबर छ।

लिभरपुल आफ्नो स्टार मिडफिल्डरलाई क्लबमा राख्न इच्छुक रहे पनि उनको माग पुरा गर्न असफल रहेका छन् तर लिभरपूलले उनको विकल्पमा थिएगो अल्कान्ट्रा भित्राएका छन्।