बार्साले आफ्नो कोच रोनाल्ड कोम्यानलाई बर्खास्त गरे पछि बार्साका लेजेण्ड खेलाडी जावी हर्नान्डेज क्लबको नयाँ कोच बन्ने सम्भावना निकै धेरै रहेको छ भने बार्सा ४ स्टार खेलाडी भित्राउने जावीको योजना हुने खबर रहेको छ।
Xavi draws up transfer wishlist including Pogba and Haaland ahead of Barca job https://t.co/YE0DlaThtp
— Sun Sport (@SunSport) November 2, 2021
हाल कतारको क्लब अल सादमा मुख्य प्रशिक्षकका रुपमा कार्यरत रहेका जावी बार्सामा आउने धेरै चर्चा छ भने उनले बार्सामा ४ खेलाडी साइन गर्ने योजना बनाएको जानकारी छ जसमा बोरुसिया डोर्टमण्डका युवा स्टार खेलाडी अर्लिङ हालण्ड उनको मुख्य प्राथमिकता हुने खबर छ।
उनको रिलिज क्लज €७५ मिलियन रहेको छ तर उक्त पैसा खर्च गर्ने आर्थिक शक्ति बार्सा सँग छ वा छैन, हेर्न बाँकी छ।
हालण्ड सँगै उनको नजरमा म्यान्चेस्टर युनाइटेडका स्टार पोग्बा, आरबी लाइपजिगका ड्यानी ओल्मो र सेभिल्लाका जुलेस कौंडे रहेको जानकारी छ।
Xavi ‘draws up four-man Barcelona transfer wish list ahead of becoming managerhttps://t.co/Cy1kgqL5lT
— The Sun Football ⚽ (@TheSunFootball) November 2, 2021
बार्सिलोनाका नयाँ प्रशिक्षक क्लबकै पूर्व खेलाडी जावी हुन सक्ने सम्भावना प्रबल देखिएको छ। रिपोर्टका अनुसार बार्सिलोना उनलाई भित्र्याउन कुराकानी गर्दै छन् भने हालको लागि बार्सालाई अन्तरिम कोचले हेर्ने छ।