“बार्सामा फर्किन नेमारले माफी माग्नु पर्छ”

२०१७मा नेमारले बार्सिलोना छोडे देखि उनि फेरी बार्सा फर्किन सक्ने चर्चा हुदै गरेको छ हाल बार्साका अध्यक्ष पदका उम्मेदवार जोर्डी फेरेले सो बारे बोलेका छन्।

उनले बताए कि मेस्सी संग पूर्ण-मिलन गर्न बार्सामा नेमारलाई स्वागत हुने छ तर उनको विश्वास छ कि नेमारले पहिला बार्सा संग माफी माग्नु पर्ने छ।

“नेमारलाई स्वागत छ तर उनले यहाँ फर्किन गर्नुपर्ने पहिलो कुरा भनेको आफ्ना मागहरु फिर्ता लिनु र माफी माग्नु हो,” जोर्डी फेरेले आरएसी १ लाई भने।

“हामीले उहाँका प्रतिनिधिहरूसँग कुरा गरेका छौं र तिनीहरूले हामीलाई ‘घर फर्किने’ बारेमा बताएका छन्।

“विश्वकै तेस्रो सर्वश्रेष्ठ खेलाडी कोलाई चाहँदैन? त्यहाँ स्थानान्तरण अनुरोधको एक विकल्प छ, जसले उनलाई €४०-४५ मिलियनमा फर्किन मद्दत गर्न सक्ने छ।”

नेमार २०१७मा रेकर्ड €२२२ मिलियनमा पिएसजी गएका थिए र हाल उनि बार्सा फर्किन सक्ने चर्चा धेरै हुने गरेको छ।