बार्सामा पोर्तुगिज युवा स्टार भित्राउन क्लब अध्यक्ष जोन लापोर्टा इच्छुक

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा एटलेटिको म्याड्रिडका सुपरकिड जाओ फेलिक्सलाई साइन गर्न इच्छुक रहेको खबर छ ।

स्पेनिस अखबार ला सेक्स्टाका रिपोर्टर जोर्डी जोटाका अनुसार बार्सामा पोर्तुगिज युवा स्टार भित्राउन क्लब अध्यक्ष जोन लापोर्टा इच्छुक छन् जोन लापोर्टा फेलिक्सका व्यवस्थापन टिम सँग नजिक रहेको जानकारी छ। आफूले फेलिक्सलाई बार्सामा प्रलोभन गर्न सक्ने लापोर्टाको विश्वास रहेको जानकारी छ।

पोर्तुगिज युवा स्टारको एटलेटिको म्याड्रिडमा दोस्रो सिजन हो र उनी क्लबमा खुसी नरहेको पनि धेरै चर्चा भएको थियो। उनी बेनिफिकाबाट एटलेटिकोमा €१२७ मिलियनमा आएका थिए।

खबर अनुसार उक्त पोर्तुगिज युवा स्टारलाई बार्सामा भित्राउन क्लब अध्यक्ष जोन लापोर्टा इच्छुक छन् र उनी हलान्डको विकल्प हुन सक्ने लापोर्टाको विश्वास रहेको खबर छ।