
ला सेक्टाको जोर्डी इभोलेसँग लियोनेल मेस्सीले अन्तर्वार्ता धेरै कुराको बारेमा बोलेका छन् र उनले क्लबमा आफ्नो र फ्रेन्च स्टार एन्टोनी ग्रिजम्यानको सम्बन्ध बारे पनि बोले।
Messi insists he has a great with relationship with Griezmann 😍
“The relationship is good [with Griezmann], I already said it.
“I never had problems with him and I never did anything that was said – that I did not want his signing and all that.” [La Sexta] pic.twitter.com/mIC5Jt0Qku
— Goal (@goal) December 28, 2020
हालै एक अन्तर्वार्तामा मेस्सीले बार्सामा आफ्नो भविष्यबारे कुरा गरे र अन्तर्वार्तामा उनले ग्रिजम्यानको बारे पनि बोले। ग्रिजम्यानको आगमन देखिनै मेस्सी र ग्रिजम्यान बीचको सम्बन्धमा धेरै चर्चा हुने गरेको छ।मेस्सी र ग्रिजम्यान बीचको सम्बन्धमा राम्रो नरहेको धेरैको विश्वास थियो तर सो कुरालाई मेस्सीले अस्वीकार गरे।
“हाम्रो सम्बन्ध राम्रो छ” मेस्सीले भने
Messi has a very good relationship with Griezmann and helps him integrate into the Barcelona dressing room. Today he arrived tired from the trip after 15 hrs and answer these questions but he has a good relation with the French
[ @Alfremartinezz ] pic.twitter.com/2nhsjiBYD8— Sports Freak (@OfficialSfreak) November 19, 2020
“मैले यो पहिले नै भनेको थिएँ, मेरो उनीसँग कहिले पनि समस्या थिएन र धेरै चर्चा भएको जस्तो कुरा मैले उनको बिरुद्ध कहिले गरिन। उनि संग मलाई कुनै समस्या छैन, हाम्रो सम्बन्ध राम्रो छ र हामी ड्रेसिंग रूममा संगै हुन्छौ र कहिलेकाँही हामी ड्रिंक र ट्रिपहरूमा पनि संगै जाने गर्छौ, चर्चा भएको जस्तो कुनै प्रकारको कुरा छैन।