बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिचले स्पेनमा आफ्नो पहिलो सिजनबाट आफू निराश भएको स्वीकार गरेका छन्।
😡 Pjanic frustrated by lack of playing time at Barcelona: “I don’t have the exact reasons why I’ve not had the playing time I expected.”https://t.co/xDQC5xrlzd
— beIN SPORTS USA (@beINSPORTSUSA) February 14, 2021
तर उनी यो अवस्था बदल्न सक्ने विश्वासमा छन्। “मैले आशा गरेको जस्तो खेल्ने समय नपाएको यथार्थ कारणहरू मलाई थाहा छैन,” प्यानिचले टेलिफुटसँगको अन्तर्वार्तामा भने।
“म मेहनत गर्दै छु र तपाई क्लबको निर्णयहरूबाट असन्तुष्ट भए पनि त्यो निर्णयहरूको सम्मान गर्नु पर्दछ।
Frustrated Pjanic doesn’t know why he isn’t playing more at Barcelona https://t.co/iza8y70clt pic.twitter.com/zl288op6Tt
— Goal South Africa (@GoalcomSA) February 14, 2021
“म यस क्लबमा मेरो छाप छोड्न चाहन्छु।”
मिरालेम प्यानिच युभेन्टसबाट बार्सिलोना आएका थिए तर उनले बार्सामा धेरै खेल समय पाएका छैनन्।