बार्सामा मेस्सी, सुआरेज र नेमार बीचको साझेदारी निकै उत्कृष्ट रहेको थियो यी तिन स्टार बीचको साझेदारीलाई एमएसएनको नाम दिएका थियो र २०१४/१५ एमएसएनको उत्कृष्ट सिजन रह्यो त्यो बेला बार्साले च्याम्पियन्स लिग सहित ट्रेबल जितेको थियो।
२०१७मा नेमारले बार्सा छोडे पछि एमएसएनको ‘एन’ बार्साले गुमाएको थियो र हाल सुआरेजले पनि क्लब छोडे पछि बार्सामा एमएसएनको पूर्ण रूपमा अन्त्य भएको छ र क्लबमा एम अथवा मेस्सी मात्र बाकी रहेका छन्।
Messi•Suarez•Neymar [MSN]
The end of the GREATEST FORWARD TRIO in Football History.
pic.twitter.com/ZLaNdvFnn4— Ryan (@MessiCFi) September 21, 2020
यो संगै एक अविश्वसनीय छ-वर्षको साझेदारीको अन्त्य भएको छ- यी तिन स्टारले ला लिगा अरु टिमलाई निकै गार्हो गर्ने गर्थे।
एमएसएनको साझेदारी फुटबल ईतिहासको एक उत्कृष्ट मध्ये एक हुने छ तीन सिजन सम्म हामीले उनीहरूलाई क्लब फुटबलमा हावी भएको देख्यौं र फ्यानहरुले पक्कै पनि त्यो अविश्वसनीय युगलाई कहिल्यै बिर्सनेछैनन।
यो तिन स्टारका साझेदारीले सबै प्रतियोगितामा संयुक्त ४५० खेल खेलेका छन् तिन खेलाडी बीच ३६४ गोलहरु रहेको छ भने, ज १७३ असिस्ट पनि रहेको छ।
सुआरेजको प्रस्थान पछि बार्सामा मेस्सी मात्र बाकी रहेका छन् र बार्सामा एमएसएनको पूर्ण रूपमा अन्त्य भएको छ।