“बार्सामा आफ्नो रणनीतिबारे विश्वस्त छु”

बार्सिलोनाका कोच कोम्यान आफ्नो रणनीतिबारे विश्वस्त छन्। बार्सिलोनाको फम यो सिजन स्थिर रहेको छैन र टिममा कोम्यान सन्तुलन प्रणालीको लागि खोजीमा, तैपनि पूर्व एभर्टन प्रशिक्षक आफ्नो रणनीतिबारे विश्वस्त छन्।

“बार्सामा आफ्नो रणनीतिबारे विश्वस्त छु, टोलीले होम र अवेमा, उही तरिकामा खेल्ने प्रयास गर्दछ,” कोम्यानले भने।

“हामी खतरा सिर्जना गर्न चाहन्छौं र स्कोर गर्ने अवसरहरू पनि पाउन सक्छौं, तर होमबाट टाढा हामीसँग बार्सिलोना जस्तो टोलीमा हुनुपर्ने प्रभावकारिता थिएन।”

“हामीले सुरक्षामा पनि गल्ती गरेका छौं, हामी एक टोली हो जसले धेरै अवसरहरू सिर्जना गर्छ, तर हाम्रो सट र गोलको रूपान्तरण प्रतिशत एकदम कम छ।”

अभियानको एउटा राम्रो कुरा नयाँ राइट ब्याक सर्जिनो डेस्टको उदय रहेको पनि उनले बताए। नयाँ राइट ब्याक प्रसंसा गर्दै उनले भने “खेलमा डेस्टको उतार चढाव छ, उनले हाम्रो लागि धेरै राम्रो सुरुवात गरे तर उनी मात्र १९ वर्ष पुगेका छन् र अनुकूल हुन समय चाहिन्छ,”