बार्सामा आफ्नो कमाईको जानकारी लिक गर्ने प्रकाशन बिरुद्ध मेस्सीले मुद्दा हाल्ने

बार्सिलोनामा लिओनेल मेस्सीको सम्झौता र कमाई स्पेनी प्रकाशन एल मुन्डोले लीक गरेको थियो र बार्साका सुपरस्टारले सो प्रकाशन बिरुद्ध कानूनी कार्यवाही गर्ने खबर छ।

एल मुन्डोले प्रकाशित गरेको रिपोर्टमा मेस्सीको बार्सामा €५११,५४०,५४५ कमाई भएको खुलासा गरे। उनको बार्सा संगको सम्झौता €५५५,२३७,६१९ बराबरको रहेको खुलासा भएको थियो।

सो खबरको निकै चर्चा भएको थियो र सो जानकारी लीक भए पछि बार्सा र मेस्सी खुशी नरहेको कुरा छ र एल मुन्डो बिरुद्ध मेस्सीले मुद्दा हाल्ने खबर छ।

सो जानकारी कसरी क्लब बाहिर पुगेको बारे अनुसन्धान गर्ने पनि मेस्सीको तयारी रहेको कुरा छ र बार्साकै कर्मचारीले सो कुरा लिक गरेको मेस्सीको विश्वास छ।

हाल खबर अनुसार बार्साले पनि सो प्रकाशन बिरुद्ध मुद्दा हाल्ने छ भने बार्साकै कर्मचारीले सो कुरा लिक गरेको भन्ने चर्चालाई क्लबले अस्वीकार गरेको छ।