“बार्सामा आफ्नो सिद्धान्तहरूमा समझौता गर्नुपर्‍यो”

बार्सिलोनाका पूर्व प्रशिक्षक क्विक सेटीन स्वीकार्छन् कि उनले आफ्नो कार्यभारको क्रममा आफ्नो सिद्धान्तहरूमा समझौता गर्नुपर्‍यो।

६२ वर्षीय कोच २०२०को जनवरीमा क्याम्प नौमा एर्नेस्टो भाल्भर्डे प्रतिस्थापनमा आए र उनी सात महिना मात्र क्लबमा रहे,क्लबमा उनको अन्तिम खेल च्याम्पियन्स लिगमा कुख्यात ८-२को हार रहेको थियो।

उनले एल पाइसलाई भने: “सत्य यो हो कि क्लबमा मैले आफ्नो सिद्धान्तहरूबाट प्रयोग गर्न पाइन, र मैले गर्नुपर्ने धेरै कुराहरु गर्न पाइन।

“यो सत्य हो कि मैले कठोर निर्णयहरू गर्न सक्थें, तर म क्लबमा आएको धेरै समय भएको थिएन र लकडाउनको समस्या पनि भयो।

बायर्न म्युनिख संगको लजास्पद ८-२को हार धेरै व्यक्तिहरूको सम्झनामा लामो समय सम्म बाँच्नेछ र सेटिनको लागि पनि यो केहि फरक छैन।

“त्यो हारले एकदम चोट पुर्‍याएको थियो,” उनले भने।

“यो हार इतिहासमा रहने छ । म दोषको आफ्नो अंश लिन्छु। एक दिन म यसको बारेमा लेख्नेछु।

“बर्खास्त भएपछि मलाई थाहा भयो कि मलाई बर्खास्त गर्ने निर्णय यस हार भन्दा पहिले नै भएको थियो।”