बार्साद्वारा युभेको ट्रोल- युभेले पनि फर्कायो यस्तो कडा जवाफ

च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टसको खेल पछि दुई क्लबले ट्विटर मार्फत एक अर्का संग मजाक गरे।

खेल २-० जिते पछि बार्साले युभेको ट्रोल गर्दै पोस्ट गरे। बार्साले युभेलाई त्याग गर्दै मेस्सीको फोटोमा क्याप्शन लेखे “हामी खुशी छौं कि तपाईले आफ्नो पिचमा ‘गोट’ अर्थात् ग्रेटेस्ट अफ अल टाइम देख्न पाउनु भयो।”

यो ट्वीट बेशक मेस्सीको युभेका स्टार क्रिस्टियानो रोनाल्डोसँगको दशक लामो प्रतिस्पर्धाको सन्दर्भमा हो।

बार्साको उक्त ट्रोललाई युभेले पनि मजाक गर्दै जवाफ फर्काए। युभेले पनि सो पोस्टको जवाफमा लेखे “तपाईंले सम्भवत यो गलत शब्दकोशमा हेर्नुभयो। हामी तपाईको लागि क्याम्प नौमा सहि ‘गोट’ ल्याउनेछौं”

रोनाल्डोले सो खेल कोरोनाको कारण गुमाएका थिए। । दुई बीचको ट्वीट भने रमाईलोको लागि रहेको थियो र दुवै क्लबले सो पोस्टलाई मजाकको रुपमा लिएको देखिन्छ र केहि तीतोपन भने रहेको छैन।