बार्साको युवा स्टार साइन गर्न £१५३ मिलियन खर्च गर्न म्यान्चेस्टर युनाइटेड तयार

स्पेनका रिपोर्टहरुको अनुसार म्यानचेस्टर युनाइटेड बार्सिलोनाका युवा स्टार अन्सू फाती साइन गर्न £१५३ मिलियन तिर्न तयार रहेका छन्।

म्यान्चेस्टर युनाइटेड बोरुसिया डर्टमन्डका स्टार जेडन सान्चो साइन गर्न असफल भए पछि अरु विकल्पहरु खोजीमा रहेको छ र हाल युनाइटेडको मुख्य मुख्य लक्ष्य बार्सिलोनाका युवा स्टार अन्सू फातीमा रहेको कुरा छ।

बार्साका युवा खेलाडी फातीले प्राप्त गरेको मौकामा राम्रो प्रदर्शन गर्दै छन् र धेरैले उनलाई बार्साको भविष्य हुने भनेर भने पनि क्लबले उनलाई बेच्न सक्ने खबर रहेको थियो।

फाटीले बार्सिलोनाका लागि सबै प्रतियोगिताहरूमा गत सिजन ३३ पटक खेले र सो क्रममा ८ गोल गरे । र उक्त १७ बर्सका युवालाइ साइन गर्न म्यान्चेस्टर युनाइटेड £१५३ मिलियन खर्च तयार रहेको खबर छ।