बार्सिलोना यस गर्मीमा मिडफिल्ड थपको लागि सिरी एका खेलाडी साइन गर्न तयार रहेको खबर छ।
एएसका अनुसार बार्सा खेल प्रमुख एरिक अबिदालले अर्को सिजनआफ्नो मिडफिल्डलाई सुदृढ पार्नको लागि सिरी एमा ध्यान केन्द्रित गरिरहेका छन्।
नापालीका स्टार फेबियन रुइज अबिदालको सर्टलिस्टमा शीर्ष स्थानमा छन्, भने युभेन्टस मिडफिल्डर रोड्रिगो बेन्टानकुर र इन्टर मिलानका निकोलो बरेलामा पनि बार्साको चासो रहेको छ।
नयाँ मिडफिल्डर साइन गर्न बार्साले इभान रकिटिक र आर्टुरो भिदाल बेच्ने छ।