बार्साका स्टार खेलाडीले क्लब छोड्ने

ला लिगा क्लब बार्सिलोनाका स्टार खेलाडी ओस्मान डेम्बेलेको यो सिजन क्लब सँग अन्तिम हुने जानकारी रहेको छ। खबर अनुसार सिजनको अन्त्यमा डेम्बेलेले फ्री एजेन्टको रुपमा बार्सा छोड्ने छन्।

नेमारको प्रस्थान पछि उनको विकल्पको रुपमा बार्साले ठुलो रकममा डेम्बेलेलाई भित्राएको थियो तर बार्सामा डेम्बेले धेरै जस्तो समय चोट ग्रसित रहे र हाल बार्साले उनलाई फ्री एजेन्टको रुपमा गुमाउने ठुलो सम्भावना रहेको छ। बार्साले गत सिजन उनलाई बेच्न प्रयास गरे पनि हाल उनलाई क्लबमै राख्ने बार्साको उद्देश्य रहेको थियो। हालको आर्थिक स्थितिमा उनलाई फ्री एजेन्टको रुपमा गुमाउनु निकै ठुलो घाटा हुने छ।

बार्साले डेम्बेले सँग सम्झौता विस्तार गर्न धेरै प्रयास गरे पनि डेम्बेले उक्त प्रस्तावहरू अस्वीकार गर्दै आएका छन् भने अर्को सिजन फ्री एजेन्टमा क्लब छोड्ने उनको मानसिकता रहेको स्पष्ट भएको छ।

लिभरपुल, म्यानचेस्टर युनाइटेड र न्यूकासल युनाइटेड सँग डेम्बेलेको नाम जोडिएको छ तर उनी कुन क्लबमा सामेल हुने भनेर खुलेको छैन। गत सिजन उनी म्यानचेस्टर युनाइटेडमा जान धेरै नजिक थिए र अन्तिम समयमा डेम्बेलेले क्लब छोड्न अस्वीकार गरेका थिए र सो पछि बार्सा डेम्बेलेबाट धेरै आक्रोशित भएको थियो।