बार्साका युवा स्टार माथि लिभरपुलको नजर

Liverpool's Dutch defender Virgil van Dijk (C) celebrates with Liverpool's Brazilian midfielder Roberto Firmino (2R) at the end of the English FA Cup third round football match between Liverpool and Everton at Anfield in Liverpool, north west England on January 5, 2018. / AFP PHOTO / Paul ELLIS / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 75 images, no video emulation. No use in betting, games or single club/league/player publications. /

प्रिमियर लिग क्लब लिभरपुल बार्सिलोनाका वन्डरकिड पेड्रीलाई साइन गर्न इच्छुक रहेको खबर छ। ब्रिटिस अखबार डेली स्टारका अनुसार लिभरपुलले आफ्नो स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डमलाई फ्री एजेन्टको रुपमा गुमाए पछि उनको विकल्पको रुपमा लिभरपुलले बार्साका युवा प्रतिभा साइन गर्ने योजना बनाएको छ।

१८ वर्षका युवा मिडफिल्डरको रिलिज क्लज मात्र £७० मिलियन रहेको चर्चा हुँदै गर्दा लिभरपुलले उनी माथि आफ्नो नजर राखेको जानकारी छ। यो वर्षको अप्रिलमा पनि पेड्रीको नाम लिभरपुल सँग जोडिएको थियो भने हाल उक्त चर्चा फेरी सुरु भएको छ।

हाल बार्सामा उनको निकै राम्रो खेल रहेको छ र उनले बार्साको पहिलो टिममा पनि ठाउँ बनाएका छन् भने युरो २०२०को लागि स्पेन राष्ट्रिय टिममा पनि उनले आफ्नो ठाउँ बनाएका छन्।

पेड्री बार्सिलोनाको भविष्यको सुपरस्टार हुने धेरैको विश्वास रहेको छ भने हाल खबर अनुसार प्रिमियर लिग क्लब लिभरपुलको नजर उनी माथि रहेको छ।

पेड्री हाल विश्व फुटबलको उत्कृष्ट युवा प्रतिभाहरू मध्ये एक रहेका छन् र बार्साले उनलाई क्लबमै राख्न पूर्ण प्रयास गर्न सक्ने छ।