बार्साका युवा स्टार साइन गर्न म्यान सिटी इच्छुक

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी बार्सिलोनाका युवा स्टार साइन गर्न इच्छुक रहेको खबर छ। खबर अनुसार बार्साका युवा स्ट्राइकर अंशु फातीलाई साइन गर्न सिटी इच्छुक रहेको छ।

मेस्सीको प्रस्थान पछि बार्साका नयाँ नम्बर १० बनेका फाती हाल विश्व फुटबल उत्कृष्ट प्रतिभाहरू मध्ये एक रहेका छन्। आफ्नो डेब्यु सिजनमा उनले ३१ खेलमा ११ गोल गरेका थिए भने स्पेनको लागि उनले ४ खेल पनि खेलेका छन्। हाल उनी चोटबाट फर्किने क्रममा रहेका छन् भने यो सिजन उनले कुनै खेल खेलेका छैनन्।

हाल खबर अनुसार नयाँ स्ट्राइकरको खोजीमा रहेको सिटीलाई फातीका एजेन्ट जर्ज मेन्डेजले उनलाई सिटीमा प्रस्ताव गरेको जानकारी रहेको छ।। ह्यारी केनलाई साइन गर्न असफल भए पछि सिटी नयाँ विकल्पको खोजीमा रहेको थियो भने युवा स्टार फाती पेप गार्डियोलाको योजनामा हुने जानकारी छ।

फातीका एजेन्ट जर्ज मेन्डेज बार्सा सँग फातीको लागि नयाँ सम्झौता गराउन चाहन्छन् तर हाल सम्म बार्साबाट राम्रो सम्झौता नआएको खबर छ भने बार्सालाई दबाबमा राख्न फातीका एजेन्टले उनलाई सिटीमा प्रस्ताव गरेको जानकारी छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ