बार्साका युवा स्टारलाई ठुलो तलबको प्रस्ताव गर्न लिभरपुल इच्छुक

प्रिमियर लिग क्लब लिभरपुलको नजर बार्सिलोनाका युवा स्टार गाभीमा रहेको खबर छ भने उनलाई भित्राउन लिभरपुल ठुलो तलब प्रस्ताव गर्न तयार हुने जानकारी छ।

१७ वर्षका स्पेनिस प्रतिभाको खेल बार्सामा निकै राम्रो रहेको छ। १७ वर्षको उमेरमा उनी क्लबको एक महत्त्वपूर्ण खेलाडी बन्ने क्रममा छन् भने हाल सम्म बार्साको लागि उनले २२ खेल खेल्दै १ गोल र ३ असिस्ट गरेका छन्।

गाभीको उत्कृष्ट प्रदर्शनको कारण उनको माथि धेरै क्लबहरूको नजर पर्न सुरु भएको छ भने प्रिमियर लिग क्लब लिभरपुलको चासो पनि उनी माथि रहेको खबर छ भने उनलाई साइन गर्न रेड्स बार्साको भन्दा ५० गुणा बढी तलब दिन तयार हुने रिपोर्ट छ।

 

हाल गाभीको बार्सा सम्झौतामा €५० मिलियनको रिलिज क्लज रहेको जानकारी छ। उक्त रिलिज क्लज तिरे गाभीलाई क्लब छोड्नबाट बार्साले रोक्न सक्ने छैन भने त्यो कुरा बार्साको लागि चिन्ताको विषय बनेको छ। हाल खबर अनुसार गाभी सँग नयाँ सम्झौता गर्दै उक्त रिलिज क्लज निकाल्ने बार्साको योजना छ। हालको गाभीको सम्झौता भने २०२३ सम्म रहेको छ।