बार्साका मिड्फिल्डरलाई “५० किलो आलुको भारी बोकेर खेल्छ” भने पछि

बार्सिलोनाका डच खेलाडी फ्रेन्की डि जोङलाई आफ्नै देशका पुर्व एस्टन भिल्लाका खेलाडी रोन भ्लार र लिभरपुलका पुर्व खेलाडी डर्ट काउटले आलोचना गरेका छन् ।

बार्सिलोनाको खराब प्रदर्सनमा डि जोङको पनि उतिकै ठुलो भुमिका रहेको छ ।

आयाक्सबाट २०१९ मा ६५ मिलियन युरोमा भित्र्याएका खेलाडीले बार्सिलोनामा उचाई भने छुन सकेको छैन ।

डि जोङले बुधबार राती भएको बार्यन म्युनिकबिरुद्धको खेलमा पनि खराब प्रदर्शन गर्दै बार्सा च्याम्पियन्स लिगबाट बाहिरियो ।

पुर्व डच राष्ट्रिय टोलिका खेलाडी डर्ट काउट र रोन भ्लारले डि जोङको आलोचना गरे । “बार्यनबिरुद्ध उनले सट प्रहार गर्न कुनै मौकाहरु खोजेनन,” काउटले भने ।

“म उनले अट्याकमा राम्रो गरेको हेर्न चाहन्छु किन कि उनी त्यस्को योग्य छन् “।

त्यस्तै, पुर्व एस्टन भिल्लाका खेलाडी रोन भ्लारले भने, “डि जोङले अहिले पछाडि ५० किलोको आलु बोकेर खेलेको जसरी खेली रहेको छ । हामी सबैलाई थाहा छ उनी कस्तो खेलाडी हो, तर बार्सिलोनाबाट उनले देखाउन सकेको छैन ।

“मलाई लाग्छ उनी गलत क्लबमा छ, क्लब परिवर्तन? बार्यन जस्तो क्लबमा उनले राम्रो प्रदर्शन गर्न सक्छ ।”