बार्साका मिडफिल्डर साइन गर्न लेस्टर सिटीको ‘महत्वाकांक्षी योजना’

प्रिमियर लिग क्लब लेस्टर सिटी बार्सिलोनाका फिलिप काउटिन्होलाई साइन गर्न इच्छुक रहेको खबर छ भने यो ट्रान्सफर विन्डोमा उनलाई साइन गर्न लेस्टरले ‘महत्वाकांक्षी योजना’ बनाएको जानकारी छ।

२९ वर्षका स्टार २०१८मा लिभरपुलबाट क्याटालान क्लब बार्सिलोनामा आएका थिए उनको लागि बार्साले £१०५ मिलियन खर्च गरेको थियो तर उनले क्लबमा अपेक्षित अनुसार प्रदर्शन गर्न सकेनन्। ला लिगामा ६४ खेलमा उनले हाल सम्म १५ गोल गरेका छन् भने धेरै जस्तो समय उनी चोट ग्रसित रहे भने बार्सा उनलाई लोनमा पनि पठाएको थियो।

घुँडाको चोट पछि २०२१मा उनी मैदान बाहिर रहे भने हाल खबर अनुसार उनलाई बेच्ने बार्साको तयारी रहेको छ। हाल खबर अनुसार हालको आर्थिक समस्याको कारण बार्सा उनलाई अफ-लोड गर्न तयार हुने छ भने बार्साले उनलाई केवल £२० मिलियनमै बेच्ने छ।

उनी फेरी प्रिमियर लिगमा फर्किने धेरै चर्चा रहेको बेला लेस्टर सिटीले उनलाई साइन गर्ने ‘महत्वाकांक्षी योजना’ बनाएको खबर छ। २०२०/२१को सिजनमा लेस्टरले एफ ए कप जितेको थियो भने हाल लेस्टर प्रिमियर लिगको एक उत्कृष्ट टिम मध्ये एक बनेको छ।

वर्तमान लेस्टर कोच ब्रेन्डन रजर्सले २०१३/१४ काउटिन्हो सँग काम गरेका थिए र खबर अनुसार उनी हाल लेस्टरमा उनलाई भित्राउन इच्छुक छन्।