“बार्साकाे प्रदर्शन जस्तो रहे पनि कोमन अर्को बर्स बर्खास्त हुनेछन्”

बार्सिलोनाले बुधबार आफ्नो नयाँ प्रशिक्षकका रूपमा रोनाल्ड कोमन घोषणा गरेको थियो । यसअघिका प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको दुई दिनपछि कोमनलाई नियुक्त गरिएको हो ।

तर रोनाल्ड कोमनलाई भनिएको छ कि उनको नियुक्ति धेरै समय सम्म हुने छैन र उनले ट्रबल जिते पनि उनि बर्खास्त हुनेछन्।

बार्सिलोनामा जिम्मेवारी सम्हाल्न ५७ वर्षीय कोमनले नेदरल्यान्डको प्रशिक्षक पद भने छाडेका छन् । डच फुटबल संघसँग उनको दुई वर्षको अनुबन्ध बाँकी थियो । कोमनले बार्सिलोनासँग भने दुई वर्षको अनुबन्ध गरेको छ ।

तर मार्चमा अध्यक्षको चुनाव हुने छ र जोसेप मारिया बार्टोमेउले उक्त चुनाव हार्ने देखिएको छ र मुख्य उम्मेदवारको रुपमा उनको विपक्षमा भिक्टर फन्ट रहेका छन् जस्ले वचन दिएका छन कि यदि उनले जिते कोमनलाई २०२१-२२ सत्र अघि बर्खास्त गरिनेछ र क्लबका लेजेण्ड जावी हर्नान्डेज भित्राउने उनको वाचा रहेको छ।

“यदि म अध्यक्ष बन्ने कोमनलाई २०२२-२२ सिजनबाटै बार्साको प्रशिक्षकबाट बर्खास्त गर्ने छु ,” उनले एल लार्गुइरोलाई भने।

“जावी बुझ्दछन् कि क्लबमा सबै पजलहरू कसरी सँगै राख्नु पर्छ।

“कसले टोलीको नेतृत्व गर्ने भन्ने बारे निर्देशकहरुको बोर्डले निर्णय लिने छ र हाम्रो सन्दर्भमा यो उनी नै हुनेछ।”