बार्शिलोनाविरुद्ध पुर्व प्रशिक्षकले हाले मुद्धा

क्याटलुनिया रेडियोको एक रिपोर्टका अनुसार बार्शाका पुर्व प्रशिक्षक किके सेतीनले बार्शिलोनाविरुद्ध मुद्दा दर्ता गरेका छन।

अब यो कुरा सन्चारमा आएको छ कि पूर्व प्रशिक्षक किके सेतीनले क्लबमा आफ्नो सम्झौता बमोजिम दायित्व पूरा नगरेको कारण मुद्दा हालेको छ, जसलाई यस आइतवार क्याटालुन्या रेडियोले रिपोर्ट गरेको हो।

प्रतिवेदनका अनुसार सेतिनले क्लबले उनलाई अगस्टमा क्याम्प नोमा उनको सम्झौता समाप्त भएपछि स्वीकृत बिच्छेद भुक्तानी नगरेको भन्दै कानुनी प्रकृया अगाडि बदाएको हो।

सेतिनसंगै उन्का सहायक प्रशिक्षकको सम्झौता नोवेम्बर ६ सम्म भएको कारण उन्ले अर्को क्लबसंग कुनै सम्झौता गर्न पाउने छैनन।

सेतीनका लागि केस एकदम फरक छ किनकि क्यान्टाब्रियन कोचले अगस्टको अन्त्यमा बुरोफ्याक्स पठाएर उसको सम्झौता समाप्त गरे जुन क्लबले १६ सेप्टेम्बरमा पठाएको जवाफमा सहमति जनायो।

यद्यपि क्यान्टाब्रियन कोचले दावी गरे कि उनलाई क्षतिपूर्ति रकम भुक्तान गरिएको छैन जुन पूर्व अध्यक्ष जोसेप बार्टोमेइसँग सहमत भएको थियो र अब त्यो मुद्दा न्यायाधीशको अगाडि समाधान गर्न चाहन्छ।