बार्यन म्युनिखको जितमा कौटिन्होको गोल

च्याम्पियन्स लिगमा बार्यन म्युनिखले टोटेनहम हट्सपरलाई पुन हराएको छ ।

बुधबार राति भएको दोस्रो लेगको खेलमा बार्यनले टोटेनहमलाई ३–१ गोल अन्तरले हराएको हो ।

दुवै टिम यसअघिनै नकआउट चरण प्रवेश गरिसकेका थिए । समूह बीबाट बार्यन समूह विजेता र टोटेनहम उपविजेता भन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

पहिलो लेगको खेलमा बार्यनले टोटेनहमलाई ७–२ गोल अन्तरले हराएको थियो । दोस्रो लेगमा समेत बार्यनले टोटेनहमविरुद्व सहज जितनै निकाल्यो ।

किंग्स कोमनले १४ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । रायन सेसजेनले २० औं मिनेटमा टोटेनहमका लागि बराबरी गोल फर्काए ।

४५ औ मिनेटमा थोमस मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाउने काम गरे । ६४ औ मिनेटमा काउटिन्होले गोल गर्दै बार्यनलाई ३–१ को जित दिलाउन सफल रहे ।

समूह विजेता बार्यनले १८ अंक जोड्न सफल रह्यो । उपविजेता टोटेनहमले १० अंक जोड्यो ।