जर्मन बुन्डेस लिगा अन्तर्गत सनिबार राति भएको खेलमा बार्यन म्युनिकले साल्केबिरुद्ध फराकिलो जित हात पारेको छ ।
खेलमा रोबर्ट लेवन्डोस्किले ६ मिनेटमै गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा थोमस मुल्लरले बार्यनको अग्रता दोब्बर बनायो ।
५० औं मिनेटमा लिओन गोरेटेज्काले ३-० बनाए ।
५८ औं मिनेटमा थिएगोले लेवान्डोस्कीको पासमा गोल गर्दै ४-० को अग्रता दिलाए ।
८९ औं मिनेटमा सर्जी जीन्याब्रीले गोल गर्दै बार्यनले ५-० को सान्दार जित निकाल्न सफल भयो ।
जितसंगै बार्यन दोस्रो स्थानमा रहेको छ भने साल्के पाचौं स्थानमा रहेको छ ।